आफ्नै घर भत्काएर बाटो बनाउदै स्थानीय

ओपेन्द्र बस्नेत

तुलसीपुर, २७ फागुन /     तुलसीपुरको नयाँ वसपार्कदेखि सिधै दक्षिण तर्फ करिब डेढ सय मिटर तल ज्ञानज्योतिमार्ग पुग्नुभयो भने स्थानीयले धमाधम आफु बस्ने घर आफै भत्काइ रहेको देख्न सक्नुहुन्छ । एक जनाले मात्रै हैन करिब एकसय हाराहारीको संख्यामा । त्यो पनि कच्चि घर हैन पक्कि घर ।

स्थानीयले पर्खाल, कुवा, खानेपानीका ट्याँकी देखि दुई तले घरसमेत मेसिन लगाएर फोड्ेन र भत्काउने काम गरिरहेका छन् । प्रहरी प्रशासनको दबाबमा हैन स्वतस्फूर्त रुपमा । त्यहाँ बिहानैदेखि साँझ नपर्दासम्म गड्ड्डड्ड आवाज आइरहन्छ ।

ढलान काट्ने डेमोलिसन ह्याँकर र रड(छड्) काट्ने ग्रेण्डर मेसिन निरन्तर चलिरहेको करिब दुई हप्तामा बढी भयो । यी मेसिनको साहयताले लाखौं लगानी लगाएर निर्माण गरिएका पक्की संरचना स्वंम घरधनीले भत्काउने काम गरिरहेका छन् । तर उनिहरुको अनुहारमा कतै पिडा भन्ने कुरा छल्किएको पाईदैन । उल्तै उत्साह छाएको छ । पक्कि संरचना भत्काउनुको कारण खोतल्दै जाँदा सडक चौडा र पक्की गराउने उद्देश्य रहेछ ।

‘पहिला सडक ७ मिटर चौडा थियो । नगरपालिकाले ९ मिटर भन्दा कमको बाटो पक्की गराउँदैन भनेपछि हामी सबै बसेर छलफल ग¥यौं,’ सडक निर्माण उपभोक्ता समितिका सचिव गंगाराम वली संजयले भन्नुभयो–‘ त्यसपछि आफना घर आफै भत्काउन सुरु ग¥यौं ।’
सचिव वलीका अनुसार करिब डेढ करोड बराबरको पक्की संरचनामा क्षेति पुगेको छ ।

तीन सय २० मिटर लम्बाई रहेको सडक ९ मिटर चौडा बनाउँदा दुबै तर्फका ८२ वटा पक्कि घर, कुवा, पर्खाल, पानी ट्याँकी भत्कीएको उपभोक्ता समितिले जनाएको छ ।

‘गाउँ बसेपछि सबैले भनेको मान्नै प¥यो,’ जीवा डाँगीले भन्नुभयो–‘ बाटोको मायाले दुई तले घरको बरन्डा र दुई वटा कोठा भत्काउनु प¥यो ।’ हातवित्ताका लागि सडक निर्माण कार्य अवरुद्ध र मुद्दा चलिरहेका खबर सार्वजनिक भइरहेका बेला लाखौ लगानीमा निर्माण गरेका पक्कि संरचना आफै भत्काउन तयारहुने ज्ञानज्योति मार्गका स्थानीयको सबैले सिको गर्नुपर्ने तुलसीपुर उपमहागनरपालिका–६ का वडा सदस्य दुजमान भण्डारी (बर्षात) बताउनु हुन्छ ।

प्रत्येक वडामा ३ किलोमिटर सडक कालोपत्रे गर्ने उपमहागरपालिको अवधारणा अन्र्तगत अटोभिलेजलाई जोड्नेगरी ज्ञानज्योति मार्गमा कालोपत्रेको काम सुरु गरिको वडासदस्य भण्डारीले बताउनुभयो ।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया