तुलसीपुर नगरप्रमुख पाण्डेद्वारा होली पर्वको शुभकामना

तुलसीपुर, २६ फागुन ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले रङ्गहरुको पर्व होलीको अवसरमा सम्पूर्ण सम्पूर्ण उपमहानगरवासीका साथै नेपाली जनतामा शुभकामना दिएका छन् ।

शुभकामना वक्तव्य निकाल्दै नगरप्रमुख पाण्डेले सबै उपमहानगरवासी र नेपाली जनतामा भातृत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्नका लागि यो पर्वले अझ बढी प्रेरणा र बल प्रदान गर्ने कामना समेत गरेका छन् ।

‘ विविधतायुक्त सांस्कृतिक महत्व वोकेका यस्ता पर्वले सबै नेपाली जनतालाई एकताको सुत्रमा वाँध्नका लागि महत्वपूर्ण भुमिका खेल्ने गर्दछन् । ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । विश्वभर नै कोरोना भाइरसको प्रकोप फैलिएको र नेपाल पनि यसको उच्च जोखिममा रहेको भन्दै नगरप्रमुख पाण्डेले भिडभाड गरेर भन्दा पनि पारिवारीक वातावरणमा रमाएर यस वर्षको होली मनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया