कतारले १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक

काठमाडौ,२६ फागुन ।

कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।

 

कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

 

कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कतारमा चार लाखभन्दा धेरै नेपाली छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया