बसको ठक्करबाट दाङमा एक किशोरको ज्यान गयो

लमही,२५ फागुन ।

बसको ठक्करबाट दाङमा एक किशोरको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका १ सुनडबरि निबासी बर्ष १८ का हुमन घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । नर्तिबाट लमहीका लागि छुटेको रा १ ख १७९५ नम्बरको बसले सुनडबरीमा ठक्कर दिदा घर्तिको ज्यान गएको हो ।

दुर्घटना भए लगत्तै स्थानीयले सडक अबरुद्ध गर्दा दर्जनौं गाडीका सयौं यात्रु अलपत्र परेका थिए। दुर्घटना करिब साढे आठ बजे भएको थियो । मृतकका आफन्त संगको लामो छलफल पछि राती २ बजे देखि सडक खुलेको थियो । उनिहरुले दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया