एक महिला माथि एसिड प्रहार

कपिलबस्तु, २५ फागुन ।

कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंजमा एक महिला माथि एसिड प्रहार भएको छ । एसिड प्रहार वाट ५१ व्र्षका बेदमती देवी गुप्ता घाईते हुनु भएको छ । गुप्ताको अवस्था मध्यम रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए । महिलाको निधार र शरिरमा एसीड लागेको छ ।

एसीड आक्रमण पछी घाईते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पताल उपचार पछि युनिर्भसल मेडिकल कलेज अस्पताल भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याडको विषयमा विवाद चल्दै गर्दा छिमेकी हरी नारायण वरईले एसिड प्रहार गरेको बताइएको छ ।

वरईले क्रिकेट ब्याड भाचे पछी व्याडको पैसा तिनु पर्ने भन्दै झगडा भएको बेलामा व्याट्रिमा राख्ने तेजाव फालेका थिए । वरईले व्याट्रि मर्मत गर्ने पसल संचालन गर्छन् । प्रहरीले वरईको पसल वाट ५ लिटर एसिड समेत वरामद गरेको छ । एसीड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता भएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया