राप्ती प्रादेशिकमा कोराेना भाइरसका बिरामी राख्ने वार्ड तयार

तुलसीपुर, २५ फागुन

दाङ सहित देशैभर कोराेना भाइरसको त्रास फैलि रहेका बेला राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले छुट्टै उपचार कक्ष तयार गरेको छ । अस्पतालले तीन वटा छुट्टै उपचार कक्ष अर्थात आइसुलेशन वार्ड तयार  गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रताप पोख्रेलले जानकारी दिए  ।

कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण देखिएका बिरामी फेला परेमा उनिहरुलाई छुट्टै राखेर उपचारको व्यवस्था गरिने छ । अन्य बिरामीसंग कोरोना भाइरस संक्रमित बिरामीको लसपस नहोस भन्ने उद्देश्यले छुट्टै उपचार कक्षको व्यवस्था गरेको डा. पोख्रेलले बताए ।

‘कोरोना भाइरसको उपचार त तुलसीपुरमा सम्भव छैन । तै पनि त्यस्ता लक्षण भएका बिरामी भेटिएमा उनिहरुलाई छुट्टै राख्ने आइसुलेशन वार्डको व्यवस्था गरेका छौ,’ डा. पोख्रेलले भने –‘ कोरोना भाइरस पोजिट छ या नेगेटिम त्यसको डोइग्नोसीसका लागि काठमान्डौ नै पठाउनु पर्छ ।’
कोरोना भाइरस पोजीटीभ भएकालाई राख्ने बाह्यक अरु उपाय दाङमा नभएको डा. पोख्रेलले बताए । भारत अथवा कोरियाबाट संभावित लक्षयण देखिने बिरामी आएमा अन्य जनरल वार्डमा राख्न नमिल्ने भएकाले छुट्टै व्यवस्था गरिएको अस्पतालले जनाएको छ । कोरोना भाइरस हो या होइन पत्ता नलाग्दासम्म सामान्य सचार भने सुरु गरिने बताइएको छ । सिम्बोलिक रुपमा वार्डको व्यवस्था गरेको भन्दै बिरामीको संख्या बढेमा छुटै व्यवस्था गर्न सकिने पनि अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको हल्लापछि नलाग्न आग्रह

यसैविच राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले कोरोना भाइरसको हल्ला र प्रचारवाजीका पछि नलाग्न आग्रह गरेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको बिरामी नेभेटिए पनि आवश्यकता भन्दा बढि प्रचारबाजीकै कारण सर्वसाधरण नागरिकमा सन्त्रास फैलिएको भन्दै यस तर्फ सजक र सचेत रहन अस्पताले आग्रह गरेको हो ।

कोरोना भाइरसकोसंगै माक्स, अत्याअवश्यक उपभोग्य वस्तु र अक्सीजनको समेत अभाव भएको हल्लाले झनै नागरिकलाई त्रास र भएभित बनाएको भन्दै यसले सहज भन्दापनि असहज परिस्थिीती पैदा गर्ने डा. पोख्रेलले बताए । कोरोना भाइरसको अनावश्यक हल्लाका कारण सामान्य रुघाखोखी र हाँछियू गर्दा समेत मान्छेहरु त्रसित हुने गरेको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया