वडामा लागेको ताला खुल्यो

तुलसीपुर, २३ फागुन ।

वडा स्थानान्तरणको विषयलाई लिएर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा स्थानीयले लगाएको ताला खोलिएको छ । गत आइतवारदेखि लागेको ताला आन्दोलनरत पक्ष र उपमहानगरपालिका विच सहमति भएपछि ताला खुलेको हो । कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले ताला खोलेको हुन् । दुवै पक्षविच भएको छलफलमा सबै वडाबासीलाई पायक पर्ने गरी वडा कार्यालय कहाँ राख्ने भन्ने वारेमा अध्ययन गर्ने सहमती भएको छ ।

वडामा लागेको ताला खोल्दै कार्यबाहक नगरप्रमुख डाँगीले कार्यदल वनाएको हुदा उक्र कार्यदलले सबै कुराको अध्ययन गरेर नगरसभामा प्रतिवेदन पेश गर्ने बताएक छन् । वडा कार्यालय सार्ने कुरा नगर सभाको दुइतिहाई वहुमतले मात्रै निर्णय गर्न सक्ने भन्दै उनले कानुनी प्रक्रिया पुरा गरेर मात्रै सम्भव हुने वताए ।

यसैविच ताला खोल्नु अगाडि उपमहानगरपालिकामा वडावासीसँग छलफल समेत गरिएको थियो । छलफलमा दुवै तर्फका वडावासीहरुको सहभागिता रहेको थियो । छलफलले २ वुँदे सहमति गरेपछि ताला खोल्ने प्रक्रिया अगाडि वढेको हो । वडा नम्वर ४ को केन्द्र स्थानान्तरणका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम प्रक्रिया अगाडि वढाउनका लागि राय र सुझाव संकलन गर्न परामर्श समिति वनाउने सहमति भएको छ । आगामी असार १५ गते नगरसभामा पेश गर्नका लागि सुशासन समिति संयोजक सुर्यवहादुर डाँगीको संयोजकत्वमा वडा नम्वर ४ का क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि सहित गणेश गिरी र ढुण्डिराज खनाल सदस्य रहने गरी कार्यदल गठन गरिने भएको छ । जसको सदस्य सचिवमा वडा सचिव लोकमणी पोख्रेल रहेका छन् ।

 

त्यसैगरी कार्यदलको प्रतिवेदन प्राप्त नहुँदासम्म विभिन्न समितिले वडा स्थानान्तरणका सन्दर्भमा पेश गरेका निवेदनमाथि कुनै कारवाही प्रक्रिया अगाडि नवढाउने सहमति भएको छ । ताला खुलेपछि वडाध्यक्ष वालकृष्ण रानाले जनतालाई मान्य हुनेगरी वडा स्थानान्तरणको प्रक्रिया अगाडि वढाउने प्रतिक्रिया दिएका छन् । उनले कार्यदललाई जनप्रतिनिधिको हिसावले सघाउने समेत प्रतिवद्धता जनाएका छन् । वडा समितिले सवैलाई पायक पर्ने भन्दै वडा वनहरीमा वडा कार्यालय सार्ने निर्णय गरेपछि हाल रक्षाचौरमा रहेको वडा कार्यालय आसपास रहेको गणेशपुर र मजुवाका स्थानियले तालावन्दी गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया