आर.सि.सि. भिलेज काशिपुरको अध्यक्षमा खत्री चयन

तुलसीपुर, २३ फागुन ।

आर.सि.सि. भिलेज काशिपुरको अध्यक्षमा दोर्णबहादुर खत्री चयन भएक छन् । शान्तिनगर गाउपालिका वडा नम्बर ५ काशिपुरमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा खत्रीलाई सर्वसम्मत चयन गरिएको हो। अध्यक्ष चुडामणी केसीले माइन्युट हस्तान्तरण गरेर खत्रीलाई कार्यभार सुम्पीएका हुन् ।

 

खत्रीको अध्यक्षतमा २२ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा दुर्गाबहादुर केसी, सचिबमा लाल बहादुर केसी, कोषाध्यक्षमा सियाराम चौधरी र सहसचिबमा खिमलाल वली सर्वसम्मत चयन भएक छन् । सोहि अवसरमा बोल्दै रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देव बहादुर केसीले काशिपुर भिलेजलाई नमुना भिलेजको रुपमा बिकास गर्नुपर्ने बताए ।

 

सानो सानो सामाजिक कार्य गरेर भए पनि समाज सेवामा आर.सि.सि. भिलेज काशिपुरले आफ्नो उपस्तिथीलाई निरन्तरता दिनु पर्ने उनको सुझाव छ । यस्तै कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले काशिपुर भिलेजमा शिक्षा, स्वास्थ्य र बिकासको पहुच स्थापित गर्न सबै सदस्यहरु एकजुट भएर लाग्नु पर्ने बताए । नवगठित कार्यसमितिका पढाधिकारी तथा सदस्यहरुलाई क्लबका पूर्व अध्यक्ष बिजय केसीले शपथ ग्रहण गराएका हुन् । आर.सि.सि. भिलेज काशिपुरका संस्थापक अध्यक्ष मनोहर कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका सचिब सन्दिपन रिजालले गरेका गिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया