तुलसीपुर चेम्बरद्धारा मृगौंला पिडितलाई सहयोग

तुलसीपुर, २२ फागुन

तुलसीपुर चेम्बर अफ कमर्सले मृगौंला पिडितलाई घरमै पुगेर आर्थिक सहयोग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–९ थर्कोडाँडा निबासी २५ बर्षका राजेश नेपालीलाई १० हजार आर्थिक सहयोग गरेको चेम्बरका सचिव ऋषी भण्डारीले जानकारी दिए ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले घरमै आएर थोरै रकम भएपनि सहयोग गर्न पाउँदा आफुलाई ज्यादै खुशी लागेको बताए ।

कलिलो उमेर मृगौलाबाट पिडितको अवस्था देखेर साह्रै दुःिखत भएको बताउदै अध्यक्ष घर्तीले अन्य सहयोगी मनहरुलाई पनि सहयोग गरेर राजेशको जीवन बचाई दिन आग्रह गरे । चेम्बर अफ कमर्सका सदस्य युवराज नेपालीको सहयोगमा आर्थिक रकमा संकलन भएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया