प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुदै

फोटो फाईल
काठमाडौ, २२ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् ।प्रधानमन्त्री ओलीको बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो ।प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए । उपप्रधान मन्त्री पोखरेलका अनुसार ओलीलाई बिहीबार बिहान चिया खुवाइएको जानकारी चिकित्सकले गराएका छन् ।

 

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उहाँलाई बिहान चिया खुवाइएको जानकारी चिकित्सकले दिनु भएको छ,’ प्रधानमन्त्रीको स्वास्थ्यबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै उपप्रधानमन्त्री पोखरेलले भने ।

 

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार ४ घण्टा लगाएर ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया