प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोली विहान ९ बजे गरिने

काठमाडौ, २० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ ।प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहनुभएका प्रा.डा. प्रेम ज्ञवलीका अनुसार बुधवार) बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ ।

मिर्गौला प्रत्यारोपणको तयारीका लागि उनको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम पनि सकिएको छ ।
प्रधानमन्त्री ओलीको चाहना अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि डा. ज्ञवालीको नेतृत्वमा ६ जना सर्जन, २ जना एनेस्थेसिस्ट, ८ जना नर्सिङ स्टाफसहित करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिने तयारी भईसकेको छ ।

तर, प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गर्दै भारतबाट दुईजना चिकित्सक समेत बोलाएको डा. ज्ञवालीले बताए । बुधवार हुने मिर्गौलाको प्रत्यारोपणको तयारीका लागि प्रधानमन्त्री ओली मंगलवार राति १० बजेपछि खाली पेट बस्नेछन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया