स्वाइन फिबर रोग सम्बन्धि तालिम सम्पन्न

निराश पान्डे

शान्तिनगर २० , फागुन /  शान्तिनगर गाउँपालिका वडा नम्बर ५ को आयोजना एबं शान्तिनगर गाउँपालिका पसु सेवा शाखा चिराघाटको प्राबिधिक सहयोगमा एक दिने स्वाइन फिबर रोग सम्बन्धि तालिम मंगलबार बैंसामा सम्पन्न भएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेत को अध्यक्षता तथा शान्तिनगर गाउँ पालिकाकी उपाध्यक्ष मिथिला शाहको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्ममण प्यारी चौधरी , सहभागी सरिता घर्ती र गुरु कृष्ण चौधरी ले बोलेका थिए ।

शान्तिनगर गाउँ पालिका वडा नम्बर ५ को स्वीकृत चालू आर्थिक बर्ष २०७६/ ७७ को बार्षिक कार्यक्रम अनुसार उक्त तालिममा वडाका ४० जना बंगुर पालक किसान हरुको सहभागिता रहेको थियो तालीममा बंगुरमा लाग्ने रोग र उपचार बिधिका बारेमा पसु शाखा चिराघाटका प्राबिधिक चित्र के सि र कृष्ण चौधरी ले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम को संचालन चित्र के सि ले गरेका थिए । राप्ती लाईफ केयर हस्पिटल प्रालि अन्तर्गत रहेको नर्सिङ एण्ड एचए कलेजमा अध्ययनरत विद्यार्थीहरुले लैगिंक हिंसा विरुद्धको सचेतना प्रदान गरेका छन् । सोमबार लैंगिक हिंसाका प्रकार, हिंसाक हिंसा घट्नुका कारण, त्यसलाई न्यूनिकरण गर्ने बिधि, लैंगिक हिंसाको उपचारलगायतका बिषयमा विद्यार्थीहरुले प्रष्ट पारेका थिए ।

विद्यार्थी सुलोचना खनाल, सुनिता केसी, बिसाल बस्नेत, नबीन कुमार खड्का, पुजा खत्री, हेमराज ओली, सरोज भट्टराई वली, सरस्वती भुषालले यस बिषयमा प्रस्तुती राखेका थिए ।

पछिल्लो समय लैंगिक हिंसा बढ्दै गएको भन्दै यसलाई न्यूनिकरण गर्न कार्यक्रम गरिएको हो । त्यस अवसरमा कलेजका निर्देशक जीवन भण्डारी, कलेजका प्रिन्सीपल सुसन पाण्डे, शिक्षिका अनु शर्मा, रिजन पुनलगायतले यस बिषयमा विद्यार्थीहरुले सचेतना प्रदान गर्नु सकारात्मक कार्य रहेको बताएका थिए । विद्यार्थीहरुले सचेतना प्रदान गर्दा यो अभियान थप प्रभाबकारी बन्ने समेत बताए । शिक्षिका नाजिरा खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अमर डाँगी ऐश्वर्या डाँगीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया