पोखरीमा डुबेर एक बालकको मृत्यु

पर्सा, २० फागुन ।

 

पर्सामा पोखरीमा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर पोखरिया नगरपालिका वडा नम्बर ५ पोखरिया टोलकै राजेश चौहानका डेढ बर्षका छोरा विकास चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मंगलवार बिहान ८ बजे पोखरीको डिलमा खेरिहेको बेला ती बालक पोखरीमा खसेका थिए । पोखरीमा डुबेका बालकलाई तत्कालै उद्धार गरि उपचारका लागि वीरगञ्जको हेल्थ केयर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधिन भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया