गाँजामा प्रतिवन्ध नलगाउन भन्दै संसदमा दर्ता भयो विधेयक

काठमाडौं, १९ फागुन ।

पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।

 

गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सांसद तामाङले बताए । गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिने उनको भनाइ छ । उनले गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किने दाबीसमेत गरे ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया