तुलसीपुर उपमहानगरपालिकाको दमकल एकै दिन दुई ठाउँ आगो निभाउन पुग्यो

 

फोटो फाईल

तुलसीपुुर, १९ फागुन ।

तुलसीपुरमा सोमवार विहान दुई स्थानमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ बराहखुटी स्थित गोरख बहादुर बाँठाको घरमा सोमवार विहान ११ बजे एक्कासी आगलागी भएको त्यहाबाट समाजसेवी मोहन पौडेलले जानकारी दिएका छन् । घरमा एक्कासी लागेको आगो स्थानिय र तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहयोगमा झन्डै डेढ घण्टा पछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट कुनै पनि मानविय क्षति नभएता पनि घर पुर्ण रुपमा जलेपछि लत्ताकपडा र धनमाल नष्ट भएको समाजसेवी पौडेलले जानकारी दिएका छन् । उक्त घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै तुलसीपुर ७ गणेसपुर स्थित कमल पोख्रेलको गोठमा आगलागी भएको छ । सोमवार विहान चार बजे गोठमा आगलागी भएको हो ।

 

आगलागीबाट कुनै क्षति नभएको बताईएको छ । प्रहरीका अनुसार विद्युत सर्ट हुदा गोठमा राखीएको परालमा आगलागी भएको हो । आगलागी भएपछि तत्काल स्थानियबासी , तुलसीपुर उपमहानगरपालिका कार्यालयको दमकल र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको हो ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया