तुलसीपुरका केहि पसलमा शुक्रवार राती चोरी

फोटो फाईल

तुलसीपुर १७ फागुन ।

तुलसीपुर बजारमा शुक्रवार राती केहि पसलमा तोडफोड तथा चोरी भएको छ ।शुक्रवार राती अज्ञात समुहले तुलसीपुर सल्यानरोडमा रहेको न्यु पन्चकोशी सप्लार्यसको सटरमा लगाएको ताला तोडेको पसलका सन्चालक राम कुमार वलीले जानकारी दिएका छन् ।
उनका अनुसार शुक्रवार साँझ पसल बन्द गरेको र शनिवार विहान पसल खोल्न जाँदा चोरले सटरको ताला फोडेको थियो ।तर चोरी गर्नेले ताला फोडे पनि समान चोरी नभएको सन्चालक वलीले बताएका छन् ।

उक्त घटना बारेमा प्रहरीलाई जानकारी दिएको उनले बताएका छन् ।त्यस्तैगरी विरेन्द्रचोक नजिकै रहेको फलफुल पसलमा चोरी भएको छ ।विष्णु भण्डारीले सन्चालन गरेको फलफुल पसलबाट फलफुल, दुई हजारको रिर्चाड कार्ड र नगद ३५ सय गरी झन्डै १२ हजार बराबरको चोरी भएको पिडितले बताएका छन् । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले भने चोरी भएको घटना बारेमा अनुसन्धान भईरहेको बताएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया