बेवारिसे अवस्थामा भेटिएकी एक महिलाको उपचार हुदै

तुलसीपुर,१७ फागुन ।
प्युठानमा बेवारिसे अवस्थामा भेटिएकी एक महिलाको उपचार भैरहेको छ । फागुन १४ गते स्वर्गद्धारी नगरपालीका ३ किमिचौरमा लडेको अवस्थामा भेटिएकि ति महिलाको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिएका छन ।

उनको अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ । अन्दाजि ५० बर्षिय ती महिला मानसिक रोगि जस्तो देखिने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया