घोराहीलाई बेवारिसे सडक मानब मुक्त घोषणा

तुलसीपुर, १६ फागुन ।

घोराही उपमहानगरपालिकालाई बेवारिसे सडक मानब मुक्त नगर घोषणा गरिएको छ ।मानवले मानवलाई मानवको रुपमा माया, ममता र सहयोग गरौँ भन्ने नाराका साथ उपमहानगरलाई शुक्रवार बेवारीसे सडक मानब मुक्त नगर घोषणा गरिएको हो ।नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पूर्ब सभामुख कृष्णबहादुर महराले बेवारीसे सडक मानब मुक्त भएको लेखिएको व्यानर पढेर घोषणा गरेका छन ।

कुनै पनि व्यक्तिलाई परिवारले नै घरमा माया ममता र संरक्षणका साथ राख्नुपर्ने सन्देश दिदै निल सागर सेवा आश्रम सिसहनियाको सहकार्यमा उपमहानगरले नगरलाई बेवारीसे मानब मुक्त नगर घोषणा गरेको हो ।सोहि कार्यक्रमलाई सम्वोधन गदै पुर्व सभामुख महराले समाजमा हुने विकृतीको अन्त्य गर्न राज्य स्वस्थ हुनुपर्ने बताएका छन । समाजमा हुने विभिन्न खाले विकृतीले अन्तत राज्यलाई समेत कमजोर बनाउने भन्दै उनले सुशासन युक्त समाज बनाउनु सबैको दायित्व भएको बताए । पूर्बसभामुख महराले सामाजमा हुने बिकृती र विसंगतीको प्रतिफल अस्पताल, सडक र जेलमा देखिने बताए ।

 

प्रतिनिधीसभा सदस्य समेत रहेका महराले समाजलाई सभ्य र सबल बनाउन सबैको भूमिका समान हुने धारणा राखेका छन । राज्य बलियो भए मात्रै नागरिकका हक अधिकार पनि सुरक्षित हुने भएकाले राज्यलाई सबल र जनता प्रति उत्तरदायी बनाउन नागरिक समाजको भूमिका उल्लेखनिय रहेको बताए। साथै उनले मानवताको समाज बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन । पारिवारीक बेमेल र आपसी सदभाबको अभावलाई राज्य र सामाजिक क्षेत्रले चिर्दै समतामूलक समाज बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ ।कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले कोही पनि व्यक्तिलाई सडकमा आउन नदिन परिवार जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया