पाठेघर भन्दा बाहिर रहेको गर्भको सफल अप्रेसन

तुलसीपुर,१६ फागुन

सिटी हस्पिटल प्रालि तुलसीपुरले स्वास्थ्यमा नयाँ फट्को मारेको छ । पाठेघर भन्दा बाहिर नलीमा रहेको गर्भको सफल अप्रेसन  गरेर  स्वास्थ्यमा नयाँ फट्को मारेकाे हाे । जस्लाई मेडिकल भाषामा ‘एक्टोपिक प्रेगनेन्सि’ भन्ने गरिन्छ । यो महिलाको पाठेघर भन्दा बाहिर नलीमा रहने गर्भ हो ।

शान्तिनगर गाउँपालिका वडा नं. ७ निवासी २४ बर्षीया ज्ञानकुमारी चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी सरिता चौधरीको नलीमा रहेको गर्भको सफल अप्रेसन गरेपछि हस्पिटलमा दक्षजनशक्तिको कमी छैन भन्ने सन्देश दिएको छ ।

स्त्रि तथा प्रसुती रोग विषेशज्ञ डा. शेखर थापा, एनेस्थेसिया डा. रुपेश महतो नेतृत्वको टोलीले केही दिन पहिले चौधरी द्धयको नली बाहिरको गर्भको सफल अप्रेसन गरेको हस्पिटल प्रशासनले जानकारी दिएको छ ।
हस्पिटलका एमडी हेमराज बस्नेतका अनुसार समयमै नलीमा रहेको गर्भको अप्रेसन नभए नली फूट्ने जोखिम रहन्छ । त्यसले गर्भको सिसु र आमाको पनि स्वास्थ्य जोखिममा पर्छ ।

एमडी बस्नेतले सिटी हस्पिटल प्रालिले निकट भविष्यमा आईसियू, दुरविन विधी बाट अपरेशन, सिटी स्क्यान सेवा पनि सुरु गर्न लागेको जानकारी दिएका छन् । ‘हामी आगामी बैशाखदेखि नयाँ संरचनाका साथ आईसियू सेवा सुरु गर्छौं,’ एमडी बस्नेतले भने ‘ हामी सर्वसाधारणलाई नजिकै स्तरिय सेवा उपलब्ध गराउन चाहान्छौं।’

सिटी हस्पिटलले हाडजोर्नी तथा नशारोग विषेशज्ञ डा. गोपाल सागर डिसी, डा. सवल कृष्ण गैरे, भीत्री रोग वीशेषज्ञ डा. सुजन थापा,कनसल्टेन्ट सर्जन डा. सुशीला खानिया, स्त्रि तथा प्रसुति रोग विशेषज्ञ डा.शेखर थापा, रेडियोलोजिष्ट कन्सल्टेन्ट डा. सरोज पौडेल एनेस्थेसिया कन्सल्टेन्ट द्वय डा. सगुन सर्मा र डा. रुपेश महतो लगाएतका विशेषज्ञ डाक्टरहरुले दैनिक सेवा दिने गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया