पूर्व सभामुख महरालाई तुलसीपुरमा भव्य स्वागत

तुलसीपुर, १५ फागुन ।

पूर्व सभामुख कृष्ण बहादुर महरालाई तुलसीपुरमा स्वागत गरिएको छ । हिरासतमुक्त भएसंगै पहिलो पटक दाङ आएका महरालाई तुलसीपुरमा स्वागत गरिएको हो ।

उनलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तुलसीपुर नगर कमिटिले अबिर खादा र मालाले स्वागत गरेको थियो । सो अवसरमा पूर्व सभामुख महराले आफुलाई सहयोग गर्ने,शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यबाद प्रकट गरेका थिए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने समेत बताए ।

महराले मतदातालाई भेट्न दाङ आएको भन्दै उनले यो घटनाबारे केही नबोल्ने समेत बताए । उनले दाङको विकासका लागि निरन्तर लाग्ने समेत बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया