जातिय विभेद गर्ने देवकोटाले माफी मागे

तुलसीपुर, १६ फागुन ।

तुलसीपुरमा एक गणककर्ता माथी जातिय विभेद गर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ स्वर्गद्धारी टोल बस्ने मोहनलाल देवकोटाले गल्ती स्वीकार्दै माफी मागेका छन् । वास गणककर्ता यसोदा विकले आफु माथी देवकोटाले जातिय दुव्र्यवहार गरेको भनि वडा कार्यालयमा दिएको उजुरीको आधारमा विहिवार दुवै पक्ष विच भएको छलफलमा देवकोटाले आफुले गरेको गल्ती स्वीकार गदै माफी मागेका हुन् ।

वडा अध्यक्ष घनश्याम ढकालको अध्यक्षतमा भएको छलफलमा देवकोटाले माफी माग्दै आगामी दिनमा जातिय विभेद कसै माथी नगर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको हो । छलफलमा तुलसीपुर उमहागरपालिकाका प्रशासन शाखा प्रमुख अनन्त कुमार गौतम, तुलसीपुर स्वास्थ्य शाखा प्रमुख ओम पि न्यौपाने,वडा सदस्य माण्डवी नेपाली र वास कार्यक्रम संयोजक सुरज वली लगाएतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यक्रम अन्र्तगत घरधुरी तथ्याङक संकलन गर्ने क्रममा बुधवार देवकोटाले दलित भएको भन्दै जातिय विभेद गरेका थिए । घरधुरी विवरण संलकन लिनका लागी प्रत्येक घरमा जानु पर्ने भएकाले बुधवार देवकोटाको घरमा पुगेर घरको सम्पुर्ण विवरण सहित फोटो लिन घर भित्र प्रवेश गर्ने क्रममा देवकोटाले गणककर्ता दलित भएको भन्दै घर भित्र प्रवेशमा रोक लगाएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया