औषधी व्यबसायीहरुको लागि अभिमुखिकरण कार्यक्रम हुदै

तुलसीपुर,१५ फागुन ।
नेपाल औषधी थोक व्यबसायी संघ प्रदेश नम्बर ५ शाखा कार्यालय दाङको आयोजनामा औषधी व्यबसायीहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रममा व्यबसायिक प्रशिक्षणको लागि औषधी व्यबस्था बिभागका महानिर्देशक नारायण प्रसाद ढकाल सहितको विज्ञ टोली दाङ आउन लागेको संस्थाका अध्यक्ष शालिकराम आचार्यले जानकारी दिनु भयो ।

राप्ती अञ्चल क्षेत्र भित्र औषधी व्यबसाय गरिरहेका सम्पूर्ण खुद्रा तथा थोक व्यबसायीहरुको लागि औषधीको समुचित प्रयोग, प्रतिजैविक प्रतिरोध, औषधी सम्बन्धी ऐन नियम कार्यान्वयन तथा नेपाल सरकारको बर्तमान कर निती साथै यस क्षेत्रमा बिकास भएका पछिल्ला आयामहरुको पुनर्ताजगी गर्ने उद्यस्यले व्यबसायी अभिमुखिकरण कार्यक्रम राखिएको संस्थाका उपाध्यक्ष तथा अभिमुखिकरण कार्यक्रमका संयोजक शेषकान्त ढकालले जानकारी दिनु भयो ।

फागुन १७ गते शनिवारका दिन बिहान आठ बजेदेखी होटल भिङ्ग्रेली भिलेज घोराही दाङमा आयोजना हुने अभिमुखिकरण कार्यक्रममा सम्पूर्ण खुद्रा तथा थोक औषधी व्यबसायीहरुको लागि अत्यन्तै उपयोगी कार्यक्रम भएको उपस्थितीको लागि संस्थाका महासचिव तुफानबाबु श्रेष्ठले आह्वान गर्नु भएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया