तीन महिने कटाइ सिलाइ तालिम सुरु

 तुलसीपुर, १५ फागुन

समाबेसी मंच नेपालको आयोजना एबं शान्तिनगर गाउँ पालिका वडा नम्बर तिनको आर्थिक सहयोगमा  तीन महिने कटाइ सिलाइ तालिम बिहीवार देखि वडा नम्बर तिनको भलानेटिमा सुरु भएको छ।

संस्थाका अध्यक्ष चक्र बहादुर परियार को अध्यक्षता एबं वडा नम्बर तिनका वडा सदस्य कोमल बहादुर घर्तिको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर तिनकी सदस्य नन्दकली बि कर दुर्पता परियार ले तालिममा सिकेका कुरा व्यबहारमा कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

चालू आर्थिक बर्ष ७६र७७ को बार्शिक कार्यक्रम अनुसार उक्त तालिम संचालन गरिएको जनाइएको छ। तालिममा १२ जना महिला को सहभागिता रहेको तालिम को संचालन वडा सचिव हेम प्रसाद भण्डारी ले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया