पोखरामा मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण

कास्की , १५ फागुन ।

पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका पुर्व मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।
नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल अधिकारीको निधन भएको एक वर्षको पुण्यतिथिमा पोखरा(१८ मा रहेको जामुनबोटमा बन्दै गरेको शहीद पार्कमा शालिक अनावरण गरिएको हो ।

शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलगायतले अनावरण गर्नुभएको हो ।

 

यसै सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार पोखरा सभागृहमा प्रथम स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया