तुलसीपुरमा गणककर्ता माथी जातिय विभेद

तुलसीपुर, १५ फागुन ।

तुलसीपुरमा एक गणककर्ता माथी जातिय विभेद भएको पाईएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ स्वर्गद्धारी टोल निवासी मोहनलाल देवकोटाले वास गणककर्ता यसोदा विक माथी जातिय विभेद गरेको पिडितको भनाई छ । तुलसीपुर उपमहानगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यक्रम अन्र्तगत घरधुरी तथ्याङक संकलन गर्ने क्रममा बुधवार देवकोटाले दलित भएको भन्दै जातिय विभेद गरेको पिडित विकले आरोप लगाएकी छिन् ।

घरधुरी विवरण संलकन लिनका लागी प्रत्येक घरमा जानु पर्ने भएकाले बुधवार देवकोटाको घरमा पुगेर घरको सम्पुर्ण विवरण सहित फोटो लिन घर भित्र प्रवेश गर्ने क्रममा देवकोटाले दलितलाई आफनो घर भित्र प्रवेश गर्न नदिने भन्दै रोक लगाएर तथानाम गालीगलोज समेत गरेको पिडितको आरोप छ ।

तथ्याङक संकलनको प्रश्नावलीमा प्रत्येक घरको भान्साकोठा सरसफाई भएनभएको,शौचालय भएनभएको, घरायासी सरसफाई भएनभएको र खानेपानी प्रयोग जस्ता विषय फोटो सहित उल्लेख गर्नुपर्ने छ ।झन्डै एक सय घरधुरीको तथ्याङक संकलन गर्ने क्रममा कहिकतै जातिय विभेद नभएको बताउदै देवकोटाले आफुमाथी जातिय प्रश्न गदै दुव्र्यवहार गरेको हुदा उनलाई हदै सम्मको कानुनी कारवाही हुनुपर्ने पिडितको माग छ । साथै पिडितले आफु माथी भएको दुव्र्यवहार बारेमा वडा कार्यालय र उपमहानगरपालिका कार्यालयमा समेत निवेदन दिएको बताएकी छिन् ।

यता वडा अध्यक्ष घनश्याम ढकालले उक्त विषयमा आफुले जानकारी पाएको बताउदै आरोपित देवकोटालाई विहिवार १० बजे वडा कार्यालय उपस्थितका लागी पत्र काट्न वडा सचिवलाई निर्देशन दिईसकेको बताएका छन् । विहिवार वडा कार्यालयमा उपस्थित नभएमा कानुनी अनुसार कारवाही अगाडी बढाईने उनको भनाई छ ।तुलसीपुर उपमहानगरपालिकाले वास कार्यक्रम अन्र्तगत घरधुरी विवरण लागी केहि समय अघि देखी दर्जन बढि गणकलाई फिल्डमा खटाएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया