लागु औषध सहित पक्राउ परेका वलीमाथी अनुसन्धान गर्न सात दिन म्याद थप

दाङ, १४ फागुन ।

लागु औषध सहित दाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर १५ ट्राफिक चोककै बस्ने १८ बर्षिय भुवन वली भन्ने पदम वली रहेको प्रहरीले बताएको छ । उनले आफ्नै घरमा Nitravet-10-325 नामक लागु औषधीको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलासी गर्दा १६ पत्ता लागु औषध बरामद गरेको थियो ।

 

पक्राउ परेका वली विरुद्ध लागु औषध ओसारपसार सम्बन्धी मुद्धा दर्ता गरी देउखुरी जिल्ला अदालत घोराही दाङवाट अनुसन्धानका लागी सात दिन म्याद थप गरेर आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया