पूर्वसभामुख महरालाई दाङमा स्वागत

तुलसीपुर,१२ फागुन ।
पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा दाङ आएका छ । भालुवाङ, सिसहनिया, लमही हुँदै आएका महरालाई आफ्ना कार्यकर्ता, शुभेच्छुकहरुले स्वागत गरेका छन । महरामाथि लागेको बलात्कारको आरोपबाट पूर्ण सफाई दिएपछि महरा पहिलोपटक दाङ पुग्नुभएको हो ।

उनि झण्डै चार महिना पछि दाङ आएका हुन । आफूले विजयी गराएर पठाएको आफ्नो अभिभावक आउदा जिल्लावासी खुशी भएका छन् । चौघेरामा बोल्दै पूर्वसभामुख महराले आफुलाई फसाउने जालझेललाई आफुले जितेको बताएका थिए । दङाली जनताले गरेको माया र सद्भावप्रति आजीवन ऋणी भएकोु भन्दै आजीवन जनताको सेवामा रहने बताउनु भएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया