मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु

तुलसीपुर, १२ फागुन ।

दाङको लमही नगरपालिका– ६ मा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । लमही घोराही सडक खण्ड अन्र्तगत कुलमोड नजिकै रा ३ प ५७११ नम्वरको मोटरसाइकल दुर्घटना हुदा चालक तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्ण बहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार सोमवार दिउँसो साढे १२ बजे भएको दुर्घटनामा परि चालकको नाक, मुखमा गम्भीर चोट लागेको थियो । गम्भिर घाइते भएका चालक डाँगीको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तिव्र गतिका कारण मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया