मिडिया काउन्सिल सच्याउन महासंघको ध्यानाकर्षण

काठमाडौ, १२ फागुन ।

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।

सोमबार सापकोटालाई भेट्न पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो ।

कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेर अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न आग्रह गरेको छ ।संसदबाट कानून निर्माण गर्ने क्रममा सरोकारवालासँगको छलफलमा वृद्धि गर्न पनि महासंघले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया