सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगायो

काठमाडौ, ११ फागुन ।

सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारको उडान रोकेको हो । आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

 

कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको उनले बताए । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउने खनालले बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया