स्कुटी दुर्घटना हुँदा शीतलपुरमा ३ जना घाइते

तुलसीपुर,९ फागुन

तुलसीपुरको शितलपुर चोकमा स्कुटी दुर्घटना हुदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहागनरपालिका–११ बेलगनार निबासी ३५ बर्षका थमन पुनमगर, तुलसीपुर–६ गुम्राहचोक निबासी १८ बर्षका ललित वली, र तुलसीपुर–१५ पारकनगर निबासी २८ बर्षका सुमन नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईत तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । लु ५४ प ३१ अस्थाई नम्बर भएको अनटेष्ट स्कुटी शितलपुर चोकमा साढे सात बजे दुर्घटना भएको थियो ।  स्कुटीमा तीन जना सवार थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया