बिजौरी उद्योग वाणिज्य संघको निर्वाचनका लागी मतदान सुरु

तुलसीपुर ८ फागुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा रहेको विजौरी उद्योग बाणिज्य संघको निर्वाचनका लागी मतदान सुरु भएको छ । २०७० सालमा स्थापना भएको संघको आगामी नेतृत्वको लागी सहमती हुन नसकेपछि निर्वाचनका लागी आज मतदान भईरहेको छ । मतदान विहान साढे नौ बजेदेखी सुरु भएको हो ।

संघको नेतृत्वको लागी दुई प्यानल र एक स्वतन्त्र गरी तिन समुह चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काग्रेसको सर्मथनमा दुई प्यानल चुनावी मैदानमा छन् ।

 

नेकपा सर्मथित प्रेमनाथ योगी नेतृत्वको वामपन्थी प्यानल र नेपाली काग्रेस समर्थित विरेन्द्र खड्का नेतृत्वको प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा छन् । त्यस्तैगरी संघको वर्तमान उपाध्यक्ष लेखनाथ खत्रीले स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । संघमा ४ सय ६३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया