लागु औषध चरेश सहित सात जना पक्राउ

दाङ, ६ फागुन ।

रुकुम पश्चिम प्रहरीले वितेको दुई हप्ताको अवधीमा अबैध लागु औषध चरेश सहित सात जनालाई पक्राउ गरेको छ । गएको माघ २४ गते देखी फागुन ४ गते सम्म विभिन्न स्थानबाट लागु औषध सहित सात जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मंगलवार पत्रकार सम्मेलन गरी लागु औषध सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

गएको माघ २४ गते जिल्लाको आठबिसकोट नगरपालीका वडा नं.१४ छेपारे स्थित चिसापानीबाट लागु औषध चरेश सहित बाँफिकोट गाउँपालिका वडा नं. ८ दुली बस्ने ३१ वर्षिय महेन्द्र कुमार के.सी., सानिभेरी गाउपालिका वडा न.पा.४ गोलचौर बस्ने वर्ष २८ बसन्त भन्ने बल बहादुर चन्द, बाफिकोट गाउपालिका वडा नं. ८ दुलि बस्ने वर्ष २३ को लक्ष्मण के. सी. र आठबिसकोट नगरपालिका वडा नं. ११ रिठा बस्ने बर्ष २८ को बिमल कुमार शाहीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु माथी अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख ठग बहादुर केसीले जानकारी दिएका छन् । यस्तै लागु औषध ट्याब्लेट सहित प्रहरीले आईतवार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं.३ स्थित झुल्नेटा बजारबाट मुसिकोट नगरपालीका वडा नं. ३ रातामाटा बस्ने बर्ष २१ को बिष्णु कसेरा र रुकुम पुर्ब पुथाउत्तरगंगा गाउपालिका वडा नं. १४ नाखा बस्ने बर्ष १९ को गायस पुनलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई विभिन्न लागु औषध ट्याब्लेट सहित पक्राउ गरिएको हो । प्रहरी प्रमुख केसीका अनुसार उनीहरु विरुद्ध मुद्धा दर्ता गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ । यस्तै लागु औषध चरेश र कस्तुरीको दाँत सहित एक जनालाई आईतवार बेलुकी छ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुकुम पुर्ब पुथाउत्तरगंगा गाउँपालिका वडा नं.१० घुम्लिबाङ बस्ने बर्ष १९ को सिलास बुढा रहेका छन् । उनलाई मुसिकोट नगरपालिका वडा नं.१ घ्यूखोला स्थित निलो रंगको सेन्थेटिक झोला बोकि हिडिरहेको अबस्थामा चेकजाँच गर्ने क्रममा लागु औषध र जनावरको दाँत फेला परेको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया