घाईते रतुवालाई उपचार पश्चात सामुदायिक वनमा छोडियो

तुलसीपुर, ६ फागुन ।

घाईते अवस्थामा फेला परेको वन्यजन्तु(रतुवा) को उद्धार गरी उपचार पश्चात सल्यानको एक सामुदायिक बनमा छोडिएको छ ।जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्वर ३ कपुरकोट स्थित कालिका माध्यामिक विद्यालयको कोठा भित्र सोमवार घाईते अवस्थामा फेला परेको भाले रतुवाको डिभिजन वन कार्यालयमा उपचार गरी मंगलवार मुलाबारी सामुदायिक वनमा लगेर छोडिएको सहायक बन अधिकृत शुसील सुवेदीले जानकारी दिएका छन् ।

उक्त रतुवालाई वडा अध्यक्ष मिन बहादुर सेन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य सन्तोष घर्ति, प्रहरी चौकी कपुरकोटका दत्त बहादुर मल्लको रोहवरमा सामुदायिक बनमा छाडिएको हो ।

यस्तै राप्ती लोकमार्ग अन्र्तगत सडकमा फेला परेको पोथी रतुवा पनि घाईते अवस्थामा फेला परेको थियो । उक्त रतुवालाई पनि उपचार पश्चात सामुदायिक वनमा छाडिने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया