गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्नेविरुद्ध मुद्दा

काठमाण्डौ,फागुन ६ । 

डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाण्डौमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेकाे सम्बन्धमा मुद्दा दायर भएको छ । चौधरीले पदीय मर्यादा विपरीत तीन करोड ९९ लाख ४४ हजार चीन सय ४२ रुपैयाँ आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

सडकका विभिन्न आयोजनामा ठेकदारसँग मिलेर चौधरीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा चौधरीले आर्जन गरेको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया