एमालेको नीति र विचारलाई जनताको घरघरमा पुरयाउन बस्नेतको निर्देशन

तुलसीपुर २० बैशाख

नेकपा एमालेका नेता शोभाराम बस्नेतले एमालेका नीति र विचारलाई जनताको घरघरमा पुरयाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ८ ले अश्वारामा आयोजना गरेको सचिवालय बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले थानीय तहको निर्वाचन १९ बर्ष पछि आएकाले यसलाई अवसरका रुपमा लिनु पर्ने बताए । यतिवेला मनभाँचेर हैन मनजोडेर चुनावि माहोलमा होमिनु पर्ने भन्दै उनले एमालेलाई जिताउनका लागि जनताको मनजितेर अघि बढ्नु पर्ने बताए ।
वडा संयोजक मेघराज भुसालको अध्यक्षतामा भएको वैठकलाई पूर्व जनप्रतिनीधि ताराबहादुर बस्नेत, युवानेता तेजबहादुर बस्नेत, मानबहादुर रेउले, अनेमसंघका प्रवेशीका गौतम, यमकान्त पाण्डे, मुकुन्द काफले, वडा सदस्यका उम्मेदवार सीवहरी भण्डारी, पूर्व वडा कमिटीको अध्यक्ष महेन्द्र भण्डारी लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७४ बैशाख २० गते बुधवार
प्रतिक्रिया