जिल्ला अदालतले गरेको १८ बर्षको फैसला उच्च अदालत तुलसीपुरद्धारा सदर

तुलसीपुर, २९ माघ

जिल्ला अदालत प्युठानले गरेको १८ बर्ष कैदको फैसलालाई उच्च अदालत तुलसीपुरले सदर गरेको छ । चार बर्षिया नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका प्युठानाको ऐरावती गाउँपालिका– ४ धुवाङले निबासी मिनबहादुर रोकाले जिल्ला अदालतको निर्णयमा चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गररेका थिए ।

जिल्ला अदालत प्युठानले २०७६ जेठ २९ गते बालिकालई करणी गरेकोमा दोषी ठहर गर्दै एक लाख जरीवाना र १८ बर्षको कैद सजायको फैसला सुनाएको अदालतका सुब्बा गाेकर्ण वलीले जानकारी  दिए ।

अदलातको पैmसलना चित्त नबुझेपछि रोकाले २०७६ कार्तिक २६ गते उच्च अदालतमा पुनरवेदन गरेका थिए ।
त्यसैगरी करणीको अर्को मुद्दा पनि उच्च अदालतले सदर गरेको छ ।

रोल्पा जिल्ला अदालतले अपाङ्ग एक महिलालाई बलात्कार गरेकोमा दोषी ठहर गर्दै रुकुमको खलंगा नगरपालिका –२ निबासी सुमन खड्कालई ५० हजार जरीवाना र १० बर्षको कैद सजाय सुनाएको थियो ।

रोल्पा जिल्ला अदालतको २०७६ जेठ २८ गते खड्कालाई बलात्कार गरेकोमा दोषी ठहर गर्दै उक्त फैसला गरेपछि उनले उच्चमा पुनरावेदन गरेका थिए । न्यायाधीश द्धोय शालिग्राम कोइराला र मेरिना श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार
प्रतिक्रिया