‘चालचलन भ्रष्ट भयो भने भ्रष्टाचार हुन्छ’

शान्तिनगर, २९ माघ

शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर विश्वकर्माले गलत मनशायले काम नगर्न आग्रह गरेका छन् । डिजीटल पत्रीका तुलसीपुर खबर डटकमसंग कुरा गर्दै अधिकृत विश्वकर्माले चालचलन भ्रष्ट भयो भने भ्रष्टाचार हुने भन्दै गलत आशय राखेर काम नगर्न आग्रह गरे ।

‘काम गरेका डकुमेन्टका आधारमा पनि काम गलत मनशायले भएको छ या सही मनशायले भएको छ भन्ने कुरा प्रष्टै रुपमा बुझन सकिन्छ ,’ अधिकृत विश्कर्माले भने– ‘सहकर्मी साथीहरुलाई मैले जहाँ गए पनि बारम्बार सल्लाह दिने गरेको छु । गलत मनशायले काम गर्दा आफै अपठेरोमा परिन्छ । त्यसैले कानुन अनुसार काम गरौ र जनप्रतिनिधिलाई पनि ट्रयाकमा ल्याउँ ।’

सुशानका लागि कर्मचारी र जनप्रतिनिधि तत्पर रहनु पर्ने भन्दै एक्लो प्रयासले भ्रष्टाचार न्युनिकरण गर्न नसकिने बताए । कर्मचारी र जनप्रतिनिधिको संमन्वयकारी भूमिकाले मात्रै भ्रष्टचार न्युनिकरण गर्न सकिने भन्दै मिलोमतोमा कुनै पनि काम नगर्न आग्रह गरे ।

गाउँलाई कस्तो बनाउने भन्ने कुरा जनप्रनिधिको दृष्टिकोणमा भर पर्ने भन्दै प्रमुख प्रशासकिय अधिकृत विश्कर्माले गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कर्मचारीतन्त्र प्रतिवद्ध रहेको बताए ।

गाउँमा रहेका पर्यटकीय तथ सांकृतिक सम्पदा बोकेका धरोहरको प्रचार प्रचार र प्रवद्र्धनका लागि गाउँपालिका लागि परेको बताउदै आफु भर्खर सरुवा भएर आएकाले पनि यसमा अझै बुझन बाँकी रहेको बताए  ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार
प्रतिक्रिया