ट्याक्टर दुर्घटनामा चारको मुत्यु , १५ घाईते, दुई गम्भीर

नवलपरासी, माघ २९  ।

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा गए राती भएको ट्याक्टर दुर्घटनामा चारको ज्यान गएको छ भने १५ जना घाइृते भएका छन् । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको छ ।

र्दुर्घटनामा १५ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा बर्ष ५० का यमसिहं सारु मगर,बर्ष ३२ का नरबहादुर सुस्लिगं मगर, बर्ष २५ का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना साँझ ८.०० बजे तिर भएका पनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका स्थानीय शिक्षक भबिलाल रानामगरले बताउनुभयो । दुर्घटनामा घाइृते भएकाहरु मध्ये दुइृको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार
प्रतिक्रिया