अपाङ्गता अभिमुखिकरण तालिम सम्पन्न

निराश पाण्डे
तुलसीपुर, २८ माघ/  समाबेसी शिक्षा तथा अपाङ्गता अभिमुखिकरण सम्बन्धि तीन दिने तालिम शान्तिनगरमा सम्पन्न भएको छ । तालिमको समापन अवसरमा बोल्ने बक्ता हरुले लोकतन्त्र को सुन्दर पक्ष समाबेसिकरण भएको हुनाले अपांग हरु लाई पनि राज्यको हरेक निकायमा सहभागीता गराउनु पर्ने बताएका थिए ।

अपाङ्गगता भयका ब्यक्तिहरुलाई स्थानीय सरकारले उचित ब्यबस्थापन गर्नु पर्ने समेत उनिहरुले जोड दिए । मेलमिलाप अपाङ्ग मैत्री अपाङ्ग अधिकार तथा समाज बिकास संस्था शान्तिनगरको आयोजना एवं शान्तिनगर– १ को वडा समितिको कार्यालय र आइ एन एफ को सहयोगमामा तालिम भएको थियो ।

संस्थाकि अध्यक्ष दिल कुमारी ओलिको अध्यक्षता एवं कार्यपालिका सदस्य बिमि कुमारी डाँगीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा राष्ट्रिय अपाङ्ग संघका पुर्ब केन्द्रिय उपाध्यक्ष देबि बहादुर पोख्रेल, आइ एन एफकि सुभरभाइजर चित्रा राना, पुर्ण वली, खुम बहादुर वली लगाएतले बोलेका थिए । २५ जना सहभागी रहेको तालीम को प्रशिक्षकमा देबि बहादुर पोख्रेल रहेका थिए भने कार्यक्रमको संचालन दल बहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया