रुकुमका छ स्थानीय तहका उम्मेद्धारहरु (हेर्नुहोस)

रुकुम, २० वैशाख ।

नौ स्थानीय तह भएको रुकुमका तीन गाउँपालिका प्रदेश नम्बर पाँचमा गाभिएपछि ६ स्थानीय तहमा मात्रै दलहरुको उम्मेद्वारी दर्ता भएको छ । तीन गाउँपालिका र तीन नगरपालिकामा दलहरुले उत्साहपूर्ण तरिकाले मंगलबार उम्मेद्वारी दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजमो, राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति लगायत पार्टी र अरु केही स्वतन्त्र व्यक्तिहरुले पनि उम्मेद्वारी दर्ता गरेका छन् । जिल्लामा नौ दलले चुनाव चिन्ह प्राप्त गरेपनि मजदुर किसान पार्टी लगायतले कतै पनि उम्मेद्वारी दिएनन् ।

जिल्लाको मुसिकोट नगरपालिकामा धेरै दलहको उम्मेद्वारी परेपनि अन्य स्थानीय तहमा भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वारको चर्चामा छ ।  मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा महेन्द्र केसी, उपप्रमुखमा बालकुमारी गिरी, नेकपा एमालेबाट प्रमुखमा विमलकुमार पुन, उपप्रमुखमा केशरी गौतम, नेकपा माओवादी केन्दबाट प्रमुखमा देवीलाल गौतम र उपप्रमुखमा प्रेमकुमारी सुनार केसीले उम्मेद्वारी दिनुभएको छ ।

यस्तै चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा बलबीर गोसाई र उपप्रमुखमा मनीषा भण्डारी, नेकपा एमालेबाट प्रमुखमा शेरबहादुर केसी उपप्रमुखमा कल्याणी खड्का, तथा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोकाले उम्मेद्वारी दिएका छन् ।
आठविसकोट नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा धिरेन्द्र बटाला र उपप्रमुखमा नीता बुढा, नेकपा एमालेबाट प्रमुखमा हरिप्रसाद शर्मा र उपप्रमुखमा अमृता शाह तथा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा गोर्खबहादुर केसी र उपप्रमुखमा गीता नेपालीको उम्मेद्वारी दर्ता भएको छ ।
त्यस्तैबाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा जनककुमार वाँठा र उपप्रमुखमा हिरा केसी, नेकपा एमालेबाट प्रमुखमा नगेन्द्रप्रसाद रिजाल र उपप्रमुखमा व्युझना पुन देवकोटा, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा धर्मबहादुर केसी र उपप्रमुखमा मनकला पुनको उम्मेद्वारी दर्ता भएको छ ।
सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा गोरखप्रसाद चन्द र उपप्रमुखमा पुष्पा ओली, नेकपा एमालेबाट प्रमुखमा मनवीर घर्ती र उपप्रमुखमा लक्ष्मी पुन र नेकपा माओवादी केन्द्रबाट प्रमुखमा नरबहादुर पुन र उपप्रमुखमा इन्दिरा ओलीको उम्मेद्वारी दर्ता भएको छ ।
त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा देवबहादुर ओली र उपप्रमुखमा देवी पुन, नेकपा एमालेबाट प्रमुखमा गणेशबहादुर खड्का र उपप्रमुखमा कल्पना ओली तथा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा झक्कुप्रसाद घर्ती र उपप्रमुखमा निर्मला विष्टको उम्मेद्वारी दर्ता भएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख २० गते बुधवार
प्रतिक्रिया