यातायात मजदुरको रकम मजदुरलाई नै सहयोग

तुलसीपुर, २७ माघ ।

 

सडक दुर्घटना परि घाईते भएका एक जना यातायात मजदुरलाई आर्थिक सहयोग गरिएको छ । दाङ तुलसीपुर १५ कोठरी बस्ने ना ६ ख ३५६७ नम्वर बसका सहचालक २१ वर्षिय सुसील नेपालीको उपचारका लागी आर्थिक सहयोग गरिएको हो । सडक दुर्घटनामा घाईते भएको उनको उपचारको क्रममा दाहिने खुट्टा समेत काटिएको छ । घोराही देखी तुलसीपुर तर्फ आउदै गर्दा उनी गत माघ १ गते सडक दुर्घटनामा परेका थिए । उनको अहिले काठमाडौ वि.एम वि हस्पिटलमा उपचार भईरहेको छ । उनको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिको तर्फबाट १० हजार र संगठनका केन्द्रिय सदस्य सहित अन्य सदस्यहरु र यातायात मजदुरहरुबाट संकलित ३८ हजार ८ सय रुपैया गरी जम्मा ४८ हजार ८ सय रुपैया आर्थिक सहयोग गरिएको छ ।

 

संगठनको तुलसीपुर उपमहानगर कमिटिले सोमवार विहान एक कार्यक्रमका बिच कमिटिका अध्यक्ष केशव बहादुर भण्डारी, संगठनका केन्द्रिय सदस्य खगेन्द्र वली, त्रिशिद्धेश्वरी यातायात प्रालिका कल्याणकारीणी सचिव प्रकाश भट्ट लगाएतले सामुहिक रुपमा पिडितका मामा टिकाराम विकलाई उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण गदै कमिटिका अध्यक्ष भण्डारीले यातायात मजदुरलाई समस्या परेको अवस्थामा संगठनले सक्दो सहयोग र पहल गदै आएको बताएका थिए । साथै उनले सुसीलको उपचारका लागी आर्थिक अभाव भएकाले उपचारमा थप सहयोग पुग्ने भन्दै रकमलाई सहि सदुपयोग गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा त्रिशिद्धेश्वरी यातायात प्रालिका सचिव भट्टले आफनो तर्फबाट आर्थिक सहयोग संकलन गरी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

आर्थिक सहयोग गर्नेहरुमा तुलसीपुर उपमहानगर संगठनको तर्फबाट १० हजार, यातायात मजदुर धन बहादुर बस्नेत ५ हजार ५ सय ६५, संगठनका केन्द्रिय सदस्य खगेन्द्र वली १ हजार ५ सय, कमिटि सदस्य लोकेन्द्र बस्नेत ५ सय, कमिटिका सल्लाहकार टेक बहादुर डाँगी १ हजार ५ सय, मिलन चौधरी ५ सय, राप्ती टिकट काउन्टर ३ हजार ९ सय ८५, अन्यबाट २२ हजार ७ सय ५० यातायात मजदुर २ हजार ५ सयले आर्थिक सहयोग गरेको तुलसीपुर नगर संगठनका प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ माघ २७ गते सोमवार
प्रतिक्रिया