तुलसीपुर प्रशासन कार्यालयको सेवा दुई दिन बन्द हुने

तुलसीपुर , २६ माघ ।

तुलसीपुर ईलाका प्रशासन कार्यालयको सेवा दुई दिन बन्द हुने भएको छ ।आगामी फागुन १ गते देखी कार्यालय आफनै भवनमा सार्न लागीएको हुदा यहि माघ २८ र २९ गते सेवा बन्द हुने कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले जानकारी दिएका छन् ।

तुलसीपुर ५ राप्ती प्रादेशिक अस्पताल देखी उत्तर तर्फ रहेको नवनिर्मित भवनमा कार्यालय सार्न लागीएको उनले जानकारी दिएका छन् ।तुलसीपुर ९ दोघरेमा रहेको कार्यालय स्थानान्तरण गर्नका लागी दुई दिन समय लाग्ने भएकाले सेवा बन्द हुने निमित्त प्रमुख टण्डनले जानकारी दिएका छन् ।

दुई दिन सम्म सेवा प्रभावित हुने भएकाले सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी रहेको उनले बताएका छन् । उक्त दिन कार्यालय खुला भएता पनि भौतिक सामाग्री सहित सम्पुर्ण समान सार्नु पर्ने भएकाले सेवा प्रभावित हुने भएको हो । फागुन १ गते देखी नयाँ भवनबाट नियमित सेवा प्रवाह गरिने छ । कार्यालय सरेपछि अधिकांस सेवाग्राहीलाई पाएक पर्नेछ ।

प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार
प्रतिक्रिया