चट्याङले दश लाख बढीको क्षती

दाङ,   २६ माघ

चट्याङले दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा जडान गरिएका उपकरण जलेका छन ।

शनिवार दिउँसो हावाहुरी र पानीसगै परेको चट्याङले लागेर भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयका रहेको विद्युत मिटरबक्स, विद्युतीय तार, ब्याट्री,  कम्युटर, टेलिफोन, जेनेरेटर र तीन वटा डिप बोरिङमा जडान गरिएका मोटरहरु जलेका छन ।चट्याङले लाग्दा १० लाख बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिए  ।

खानेपानीका तीन वटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी बितरण कार्य प्रभावित हुने र तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

नयाँ उपकरण खरिद गरी सेवा सुचारु गर्नका लागि आइतवारदेखि नै काम थालिएको अध्यक्ष गौतमले जानकारी दिए । एउटा डिप बोरिङ मात्रै हाल सञ्चालनमा रहेका कारण उपभोक्ताको धारमा एक हप्तासम्म केहि मात्रै खानेपानी आउने उनकाे  भनाई छ ।

प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार
प्रतिक्रिया