विकृति न्यूनीकरणमा लाग्न रेडियोकर्मीलाई मुख्यमन्त्री पोखरेलको आग्रह

घोराही २५ माघ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङकर पोखरेलले वर्तमान सामाजिक विकृति हटाउने कार्यमा लाग्न रेडियोकर्मीहरूलाई अनुरोध गरेका छन् । नवौँ विश्व रेडियो दिवसका अवसरमा शनिवार दाङको घोराहीमा भएको प्रदेश ५ स्तरीय अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले यस्तोबताएका हुन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजना तथा अकोराब प्रदेश ५ को संयोजनमा भएको अन्तरक्रियालाई सम्वोधन गर्दै पोखरेलले सामाजिक विकृतिको अन्त्यका लागि सबै रेडियोकर्मीले काम गर्नुपर्ने बताएका हुन् । स्थानीय जनता र समुदायका आवाज बोल्ने रेडियोहरू समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खल्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोले समाज परिवर्तनका लागि भूमिका खेलेको उल्लेख गर्दै समुदायका आवाजहरू विभिन्न तौरतरिकाबाट सामुदायिक रेडियोमा आइरहेको टिप्पणी गरे । सोहि कार्यक्रमलाई सम्वोधन गदै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले लोकतन्त्र सुदृढिकरणका विषयमा सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७६ माघ २५ गते शनिवार
प्रतिक्रिया