विद्यार्थीहरु संस्कारि र ब्यबहारिक हुनुपर्छ: अपार

उरहरी माघ २५ ।
रास्ट्रीयसभा सदस्य जगप्रशाद शर्मा अपारले विद्यार्थीहरु संस्कारि र ब्यबहारिक हुनु पर्ने बताएका छ्न। शिक्षा प्राप्त गर्नु मात्र सफलता होइन त्यसलाई ब्यबहारिक बनाउनु सफलता प्राप्त गर्नु हो उनले भने । दाङ तुलसीपुर ११ मा रहेको चन्द्रोदय बिद्या कुञ्जको २६औं बार्षिक उत्सब कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । बिद्यालय सन्चालक समितिका अध्यक्ष बलदेव आचार्यको अध्यक्षता तथा रास्ट्रीयसभा सदस्य शर्माको प्रमुख आतिथ्यता एवं तुल्सिपुर उप महानगरपालिकाकी उप प्रमुख माया आचार्यको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो।

विद्याकुञ्जका प्रधानाध्यापक दोर्ण वस्नेतको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा प्याब्सन नगर उपाध्यक्ष डम्मर डाँगी, दिव्य ज्योति वोर्डिङ स्कुलका प्रिन्सिपल मनोज आचार्य , न्यु शान्ति कटाहाका प्रिन्सिपल केश कुमार खड्का, वेल्टाकुरा स्वास्थ्य चौकिका अहेब यज्ञबहादुर केसी, नेपाली काँग्रेसमा अर्जुन केसी, अभिभावक होताराम वस्नेत, हरिदत्त कार्कि लगाएतले विद्याकुञ्जको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत ,नृत्य नाटक प्रस्तुत गरेका थिए । त्यस अबसरमा बिद्यालयले संचालन गरेको खेल सप्ताहमा प्रथम ,द्धितिय र तृतीय हुन सफल बिद्यार्थीहरुलाइ प्रमाण पत्र र मेडलले पुरुस्कृत गरिएको थियो । त्यस्तै प्रत्यक बर्ष बितरन गर्दै आएको स्टुडेन्ट अफ
दि इएरबाट छात्रा गिता केसि र छात्र निशान चौधरी त्यसै गरि शिक्षकतर्फ टिचर अफदि इअरबाट शिक्षक शरद कार्की र शिक्षिका छवि देबकोटालाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन बिद्यालयका भाईस प्रिन्सीपल हरि ओलिले गर्नुभएको शिक्षक कमल पोख्रेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ माघ २५ गते शनिवार
प्रतिक्रिया