तुलसीपुर बसपार्कमा पर्खाल नहुँदा चोरीको चिन्ता

तुलसीपुर, २४ माघ

‘गाडी ल्याएर बस पार्कमा राख्यो बिहान हेर्ने बेला कुनै गाडीको शिशा फुटेको हुन्छ कुनै गाडीमा राखेको एलईडी, जग, लिभर, डेग, मेमोरी चोरी हुन्छ ’ त्रिशिद्देश्वरी यातायात राप्ती प्रालीका कल्यानकारी सचिव प्रकाश भट्टले भने ।

उनको जस्तै यन्य यातायात व्यवसायीको पनि गुनासो उस्तै छ । ‘नेपालकै नमुना बसपार्क भनिन्छ,’ नेपाल स्वतन्त्र यातायात मजदुर संगठन तुलसीपुराका अध्यक्ष केशवबहादुर भण्डारीले भने –‘ लाखौ मुल्यका गाडीको सुरक्षा नै छैन । कसरी नुमना भन्ने ।’

करोडौ खर्चेर निर्माण गरिएको भनिएको नेपालकै आधुनिक बस पार्कको यो हवीगति भएपछि लाखौमुल्यका गाडी भगवान भरोसमका भरमा छोडेका मालिकलाई भने चिन्ताले पिरोलेको छ ।

पार्किङमा राखेका गाडिको सुरक्षा नहुदा यातायात व्यवसायी आक्रोशीत देखिन्छन् । निर्माणको क्रममा नै कम्पाउण्डवाल पहिलो प्रथामिकतामा नपर्दा यातायात व्यवसायीले समस्या भोग्नु परेको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले बताए ।

उनका अनुसार बस पार्कको फोहरको व्यवस्थापन पनि हुन सकेको छैन भने अधिकांस सडक बत्ती पनि बल्दैनन् । बस पार्कमा साढे १० करोड रुपैया खर्च भइसकेको छ । त्यो रकमले टर्मिनल भवन, सडक कालोपत्रे, गेट, विद्युत विस्तार, सार्वजनिक शौचालय, सटर निर्माण लगाएतका काम भयो । तर त्यो भित्र राखीने करोडौं मुल्यका बसको सुरक्षाका लागि पर्खाल नहुँदा भने चुनौति थपिदिएको छ ।

पश्चिम तर्फ करिब दुई सय मिटर लम्बाईमा खुल्ला छ भने पुर्व तर्फ पनि करिब एक सय मिटर जति खुल्ला छ । तारबार गरिएको ठाउँमा पनि व्यापार चलाउनकै लागि घरधनीले फलामका सरिया काटेर खुल्ला गराएका छन् । खुल्ला भएको र सडकसंगै बस पार्क सटेकाले जुनसुकै व्यक्तिले पनि बसमा सजिलै क्षेति पु¥याउन या चोरी गर्न सक्ने अवस्था ।

पाँच सय विघाहमा फैलिएको बस पार्कमा करिब ३ सय बसहरु पार्किङमा राख्ने गरिएको व्यवसायीहरु बताउनछन् । तर यीनको कुनै सुरक्षा छैन । सुरक्षा केबल बसका सह–चालकले मात्र गरेका छन् । त्यो पनि गाडीमा सुतेर । बस पार्कमा दशकौ बर्ष अघिको चोरी हुने रोग अहिले सम्म हट्न नसकेको यातायात व्यवसायी रामबहादुर डाँगीले बताए । ‘उसको तलव छुट्टै छ ,’ व्यवसायी डाँगीले भने – ‘राती बस कुरेको पनि पैसा दिनुपर्छ । उता बस पार्कमा राखेको पनि पैसा दिनुपर्छ ।’

बसले बस पार्कबाट बाहिरदा ७५ रुपैयाँ तिर्नु पर्छ । यता यातायात व्यवासायीले पर्खालका लगाउन तुलसीपुर उपमहानगरपालिकालाई आग्र गरेको बताएका छन् । ‘हामीले गाडीको सुरक्षा मात्रै हैन यसको बस पार्कको सौन्दर्यका लागि पनि पर्खाल अनिबार्य चाहिन्छ भनेर भनेका छौ,’ त्रिशिद्देश्वरी यातायात राप्ती प्रालीका अध्यक्ष सुरेश हमालले भने –‘ तुलसीपुर उपमहानरपालिकाले हुन्छ त भनेको छ । तर कामको सुरुवात भने गरेको छैन् । ’

तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बजेट अभावमा काम अघि बढाउन नसकिएको बताउनुभयो । ‘पर्खाल नहुँदा समस्या भएको कुरा हामीले पनि महसुस गरेका छौ,’ इन्जिनियर योगीले भन्नुभो– स्रोत संकलनमा छौ आशा गरौ छिटै काम सुरु गछौ ।’ ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गएको पुष १८ गते तुलसीपुर वसपार्कको उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया