घुस सहित नापी कार्यलयका सर्वेक्षक सहित दुई जना पक्राउ

तुलसीपुर, २२ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले नापी कार्यालयका सर्वेक्षक सहित दुई जनालाई घुस रकम सहित रंगेहात पक्राउ गरेको जनाईएको छ । कार्यालयका अनुसार नापी कार्यालय बाँकेमा कार्यरत सर्वेक्षक याम बहादुर खत्री र लेखापढि गर्ने प्रताप केसी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राही संग ३५ हजार रुपैया घुस माग गरेको भन्ने उजुरीको आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिईसकेको अवस्थामा बुधवार नापी कार्यालय बाँकेबाट  सर्वेक्षक याम बहादुर खत्री र लेखापढि गर्ने जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ७ घर भई हाल नेपालगन्ज बस्ने केसीलाई नियन्त्रणमा लिईएको सुचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिएका छन् । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार
प्रतिक्रिया