घर्तीलाई १५ लाख धरौटीमा छोड्न उच्चको आदेश

तुलसीपुर, २० माघ 

उच्च अदालत तुलसीपुरले बैंकीङ कसुर मुद्दाका आरोपीलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधिश ऋषीराम दवाडी र शालिग्राम कोइरालाको संयुक्त इजाशले घोराही उपमहागरपालिका –१७ निबासी रामबहादुर घर्तीलाई १५ लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
सोबार अदालतमा उपस्थित भएका घर्तीलाई उच्च अदालत तुलसीपुर अन्र्तगत बाणिज्य इजलाशको थुनछेक बहसपछि तारेखमा छोड्नेगरी धरौटी माग गरेको अदालतका सुब्बा गोकर्ण वलीले जानकारी दिए ।

घोराही उपमहानगरपालिका – १० नारायणपुरमा रहेको देब विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा बैंकका सिओ खिमबहादुर डिसी सहित ४९ जना बिरुद्ध उच्च अदालत तुलसीपुरमा बैङकीङ कुसरमा २०७६ कार्तिक ३ गते प्रहरीले मुद्दा दर्ता गरेको थियो । योसंगै धरौटीमा ३८ र साधारण तारेखमा ५ जना छुटेका छन् भने बैंक म्यानेजर शमिर बुढाथोकी सहित ६ जना थुनामा छन् ।

बैंकका सिओ सहित ७ जना फरार

यसै बिच बैंकका सिओ घोराही उपमहानगरपालिका –१७ निबासी खिमबहादुर डिसी, नेपालगंज –२० कारकाँदो निबासी रोशन बस्नेत, शारदा थापा बस्नेत, घोराही –१० नारायणपुर निबासी मदन डिसी, १२ हिलेखर्क निबासी जीवराज रावत, १५ का यज्ञबहादुर वली, घोराहीको ट्राफिक चोक निबासी मुकेश गुप्ता अझै फारार रहेका छन् ।

 

 

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया