तुलसीपुर महोत्सव एक दिन थप, भोली समापन हुने

तुलसीपर, २० माघ ।

तुलसीपुरमा जारी महोत्सवको समय एक दिन थप गरिएको छ । गत माघ १० गतेदेखि सुरु भएको महोत्सवको एक दिन थप गरिएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघ तुलसीपुरले जानकारी दिएको छ । दर्शकहरुको मागलाई मध्येनजर गदै एक दिन समय थप गरिएको संघका महासचिव रुप बहादुर खत्रीले जानकारी दिएका छन् । संघको निर्माणाधिन सभाहललाई पुर्णता दिने र टरिगाउँ एयरपोटको स्तरोन्नती गर्ने उद्देश्यका साथ तुलसीपुर महोत्सव २०७६ आयोजना गरिएको उद्योग वाणिज्य संघले जनाएको छ।

महोत्सवमा दशर्कहरुको दिनहुँ जसो उल्लेख्य सहभागिता रहने गरेको आयोजकले बताएको छ । महोत्सवको समापन मंगलवार हुने भएको छ । सोमवार हुने महोत्सवमा गायक प्रमोद खरेल , हरि विष्ट, करण न्यौपाने लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया